इटहरी : प्रदेश १ का प्रदेशसभा सदस्यले आज (सोमबार) सपथग्रहण गरेका छन् ।
प्रदेशसभा भवनमा ९२ जना प्रदेशसभा सदस्यहरूले सपथ ग्रहण गरेका हुन् ।
प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई सोमबार दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङले सपथग्रहण गराएका थिए ।
प्रदेश प्रमुख खापुङबाट सपथ ग्रहण गरेपछि उनले ९२ जना प्रदेशसभा सदस्यहरूलाई सपथ ग्रहण गराएका हुन् ।
प्रदेश १ प्रदेशसभामा ९३ जना प्रदेशसभा सदस्य रहेका छन् ।














Discussion about this post