इटहरी : प्रदेश नं. १ को प्रदेशसभामा माओवादी केन्द्रले इन्द्रबहादुर आङ्बोलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ ।
पाँचथर क्षेत्र नं १ (ख) बाट निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका आङ्बो दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।
माओवादी केन्द्रका ज्येष्ठ प्रदेश सांसद नारायणबहादुर मगरको अध्यक्षतामा मंगलबार (आज) बसेको बैठकले दलको नेतामा आङ्बोलाई चयन गरेको हो ।
माओवादी केन्द्रले प्रदेश १ मा १३ जना प्रदेश सांसद जितेको छ । प्रदेश १ को मुख्यमन्त्रीमा माओबादीले दाबी गरिररहेको बताइएको छ ।














Discussion about this post