उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागूऔषसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारका अनुसार सिरहाबाट उदयपुरतर्फ आउँदै गरेको प्र २–०३–००५प १३७८ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका ३ का वर्ष २६ को विरेन्द्रसिंह महत्तो र सिरहा बरियारपट्टी गाउँपालिका ४ का वर्ष २४ का सुरेन्द्र राय छन्।
उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध डाइजेल्याव ५० एम्पुल, फेनार्गन ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल गरी जम्मा १५० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।












Discussion about this post