इटहरी : प्रदेश १ मा एक साताभित्र नयाँ सरकार गठन हुने भएको छ ।
आइतबार प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले पुस २४ गते आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।
आइतबार विज्ञप्ति जारी गर्दै कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।
पुस २ गते निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको थियो ।
आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश नं. १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेशसभाको सदस्यलाई प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९।०९।२४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्युुबाट आह्वान भएको छ ।’













Discussion about this post