इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न किसिमका अवैध समानहरू बरामद गरी भन्सार कार्यालय बुझाएको छ ।
जिल्लाका विभिन्न सिमावर्ती क्षेत्रबाट अवैध रूपमा चोरी निकासी भएका मदिरा, विभिन्न किसिमका खाद्यान्न, लत्ता कपडाहरू गरी अन्दाजी ९ लाख ८१ हजार बराबरको समानहरू बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद भएका समानहरू आवश्यक कारबाहीको लागी सेतुबन्ध भन्सार कार्यालय कोसी ब्यारेजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post