इटहरी : प्रदेश १ मा नेकपा माओवादी केन्द्र सरकारमा नजाने भएको छ।
मुख्यमन्त्रीका विषयमा आलोपालो सहमति नभएपछि माओवादी सरकारमा नजाने भएको हो ।
अहिले समर्थनका विषयमा पनि छलफल भइरहेको प्रदेश १ माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । आलोपालो नभएसम्म आफूहरू सरकारमा नजाने उनले बताए ।
आङ्बाले निर्णय पुनरावलोकन नभएसम्म सरकारमा सहभागी नहुने बताए । आधा–आधा कार्यकाल हुनुपर्ने माओवादी केन्द्रको माग छ ।
गठबन्धनमा आबद्ध शीर्ष नेताहरूको बैठकले पनि प्रदेश १ सरकारको पूरै कार्यकाल एमालेलाई दिने निर्णय गरेसँगै माओबादीले असन्तुष्ट जनाएको छ । आङ्बोले मुख्यमन्त्रीमा आलोपालो हुने बताउँदै आएका थिए ।
तर आइतबार साझ बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रदेश १ मा पाँच वर्ष नै एमालेलाई दिने सहमति गरेको थियो ।














Discussion about this post