मोरङ : मोरङमा प्रतिबन्धित औषधिसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको उर्लाबारी नगरपालिका २ माझी टोलस्थित आइतबार बेलुका ९ बजे अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा २० वर्षीय सन्जीब सहनी र चुलाचुली गाउपालिका १ इलामका १६ वर्षीय ममता देवानको साथबाट प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट प्रहरीले ट्रामाडोल ८१ क्यापसुल र स्पानसिप ८१ चक्की फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post