विराटनगर : प्रदेश १ सरकारको पहिलो बसेको बैठकले मन्त्रालय घटाउने निर्णय गरेको छ ।
प्रदेश १ सरकारको नवगठित सरकारको सोमबार साँझ बसेको बैठकले मन्त्रालय संख्या घटाएर ९ वटा बनाउने निर्णय गरेको छ।
शपथ ग्रहणपछि विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको पहिलो बैठकले १३ वटा मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्णय गरेको हो।
बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरी मितव्ययिता कायम गर्ने र शीतलहरबाट जनतालाई जोगाउन पूर्व तयारी गर्ने निर्णय गरेको छ। प्रदेश १ मा सोमबार मुख्यमन्त्री हिक्मत कार्कीसहित तीन मन्त्रीहरूले सपथ लिएका छन् ।
सोमबार मुख्यमन्त्री हिक्मत कार्कीसहित एमालेका तिलकुमार मेयाङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाकी निर्मला लिम्बूले मन्त्रीको शपथ लिएका हुन् ।
उनीहरूको मन्त्रालय पछि तोकिने बताइएको छ ।
Discussion about this post