मोरङ : मोरङको सुन्दरहरैचा नगरपालिका ११ सितुमारी स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाईते भएका छन् ।
सोमबार बिहान उत्तरबाट दक्षिण तर्फ बालुवा बोकेर जाँदै गरेको को २ त ५८२२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ वर्षीय अनिल चौधरी र सहचालक २० वर्षीय रुपेश रिषिदेब घाईते भएका थिए ।
घाईते भएका चौधरीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको छ भने रिषिदेबको सोही अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।



















Discussion about this post