मोरङ : पूर्व प्राथमिक तहमा कार्यरत शिक्षकहरूका लागि तीन दिवसीय क्षमता विकास तालिम सञ्चालन भएको छ ।
प्याब्सन लेटाङको आयोजना तथा सिटिएफ नेपाल प्रदेश १ को सहकार्यमा तालिम सञ्चालन भएको हो ।
कार्यक्रम प्याब्सन लेटाङका अध्यक्ष कमल अधिकारीको अध्यक्षता तथा लेटाङ नगरपालिका शिक्षा शाखाका प्राबिधिक सहायक अनिल मिश्रको प्रमुख आतिथ्यतामा तालिम सुरु भएको थियो ।
कार्यक्रममा प्याब्सन लेटाङ अन्तर्गतका निजी विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकहरूको सहभागिता थियो ।
कार्यक्रमको सञ्चालन प्याब्सन लेटाङका सचिव सुरेन्द्र राईले गरेका थिए ।











Discussion about this post