मोरङ : विराटनगरबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् ।
बुधबार बेलुका महानगरपालिका–७ बाट श्रोत नखुलेको रकम सहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले माछापुच्छ्रे बैङ्क नजिकबाट विराटनगर–१८ का ३६ वर्षीय रवि प्रकाश साहलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट ७ लाख ९ हजार, बिभिन्न बैङकका एटिएम १४ थान, बिभिन्न बैंकको डिपोजिट रकम ६२ लाख ११ हजार २ सय ३५ रुपैयाको भौचर १० थान, ६ लाख रुपैयाको चेक २ थान, चेक बुक ९ थान र को २४ प ७९८४ नम्वरको मोटरसाइकल बरामद गरेको हो ।
श्रोत नखुलेको रकम सहित पक्राउ परेका साह विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post