इटहरी : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका छन् । शुक्रबार (आज) मुख्यमन्त्री कार्कीले मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
माओबादी केन्द्र सरकारमा सहभागी भएसँगै माओवादीका दुई र एमालेका थप एक गरी तीन जना मन्त्री विस्तार गरिएको हो । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुभन्दा अगाडि माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएका हुन् ।
माओवादीबाट तेह्रथुम १ (ख) बाट निर्वाचित दुर्गाप्रसाद चापागाईं र मोरङ ६ (क) बाट निर्वाचित जीवन आचार्य र एमालेबाट पूर्वप्रमुख सचेतक तथा सोलुखुम्बु १ (ख) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरिएको हो ।
आचार्य प्रधानमनत्ती एवम् माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाईँ हुन् ।
सोमबार सपथग्रहणअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । आज कार्कीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने जानकारी दिए ।













Discussion about this post