Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीको बूढीगंगा–जमुना मुक्तिघाटमा विद्युतीय शवदाह गृह बनाउने तयारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ३०, २०७९
in समाचार
0
इटहरीको बूढीगंगा–जमुना मुक्तिघाटमा विद्युतीय शवदाह गृह बनाउने तयारी
265
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा रहेको बूढीगंगा–जमुना मुक्तिघाटमा विद्युतीय शवदाह गृह बनाउने विषयमा छलफल भएको छ ।

इटहरी उपमहानगरपालिकाका प्रतिनिधि, बृहत्तर मुक्तिधाम क्षेत्र विकास समिति, स्थानीय सरोकारवाला निकाय र लामो समयदेखि बेवारिसे शवहरूको दाहसंस्कार गर्दै आएका विनयजङ्ग बस्नेतसहित शुक्रबार उक्त छलफल गरिएको हो ।

छलफलमा बूढीगंगा–जमुना मुक्तिघाट व्यवस्थापन समिति, नागरिक समाज इटहरी, सुरक्षा निकाय र सरोकारवालाहरू सहभागी थिए ।

नागरिक समाज इटहरीका अध्यक्ष राजु केसीले विद्युतीय शवदाह गृह बनाउनु अहिलेको आवश्यकता रहेको बताए । ‘इटहरीमा अहिले चारवटा मात्रै शव अन्त्यष्टि गर्ने ठाउँ रहेकाले अझै अपुग छ,’ केसीले भने, ‘अहिलेको समयमा इटहरीलाई विद्युतीय शवदाह गृह आवश्यकता छ ।’

इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापाले विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीय सरकारले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए ।

बेवारिसे शव व्यवस्थापन तथा पुनःर्जीवन केन्द्रका विनयजङ्ग बस्नेतले भने वतावरणीय प्रदुषण नहुने र इटहरीमा विद्युतीय शवदाह गृह आवश्यक रहेको बताए ।

‘विद्युतीय शवदाह गृह भएको अवस्थामा बेवारिसे लास जलाउन पनि सहज हुन्छ,’ बस्नेतले भने, ‘कुनै शुल्क बिना नै गरीब, विपन्न मानिसहरूको शव जलाउनका लागि सहज हुने भएकाले इटहरीमा अहिलेको अवस्थामा यो आवश्यकता छ ।’

छलफलपछि अवलोकन गर्ने क्रममा सहभागीहरू ।

उनले आँफूले लामो समयदेखि काठमाडौँमा विद्युतीय शवदाह गृहमा बेवारिसे शवहरू जलाउँदै आएको स्मरण गर्दै भने, ‘म पटक–पटक मन्त्रालयमा जाँदा कुनै सुनुवाई भएन । कहिले बजेट हुँदैन भनेर फर्काइन्छ, कहिले के भनिन्छ, काम नै हुँदैन, मन दुखेको छ ।’

नेदरलयान्डको हेम्स फाउण्डेशनको आर्थिक सहयोगमा आँफूले इटहरीमा विद्युतीय शवदाह गृह निर्माण गर्ने उनले बताए ।

विदेशी सहयोगमा निर्माण हुने भएकाले आवश्यक स्थान उपमहानगरपालिका र अहिलेको घाट व्यवस्थापन समितिले उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

‘पशुपती आर्यघाटमा अहिले दाउरामा जलाएको १४ हजार रुपैयाँ तिर्नुपर्छ भने विद्युतीय शवदाह गृहबाट जलाउँदा ४ हजार मात्र तिर्दा हुन्छ,’ उनले भने, ‘दाउराको प्रयोग गरेर शव जलाउँदाभन्दा विद्युतीय माध्यमको प्रयोग गर्दा सस्तो र वातावरणलाई पनि राम्रो हुन्छ ।’

बृहत्तर मुक्तिधाम क्षेत्र विकास समितिका अध्यक्ष हेमप्रसाद घिमिरेका अनुसार शवदाह गृह निर्माणका लागि उपयुक्त ठाउँको विषयमा अवलोकन गरिएको छ । कार्यालय पछाडि रहेको जग्गा उपलब्ध गराउने गरी तयारी भएको उनले बताए ।

शवदाह गृह निर्माणका लागि १० दिनभित्र प्राविधिकहरूलाई अध्ययन गर्न लगाएर डीपीआर तयार गरिने घिमिरेले बताए ।

Tags: बुढीगंगा जमुना मुक्तिघाटशवदाह गृह
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी
टाकुरा विशेष

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

विराटनगर । संखुवासभा जिल्लामा सञ्चालित दुई ठूला बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय निर्माण...

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा
समाचार

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–५ का ५ सिताराम गुरुङ भरुवा बन्दुकसहित पक्राउ परेका छन् । गुरुङले भरुवा बन्दुक लुकाएर राखेको...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

भदौ १६, २०८३

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

भदौ १६, २०८३
जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

भदौ १६, २०८३
संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

भदौ १६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

भदौ १६, २०८३

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

भदौ १६, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.