Monday, October 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीको बूढीगंगा–जमुना मुक्तिघाटमा विद्युतीय शवदाह गृह बनाउने तयारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ३०, २०७९
in समाचार
0
इटहरीको बूढीगंगा–जमुना मुक्तिघाटमा विद्युतीय शवदाह गृह बनाउने तयारी
266
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा रहेको बूढीगंगा–जमुना मुक्तिघाटमा विद्युतीय शवदाह गृह बनाउने विषयमा छलफल भएको छ ।

इटहरी उपमहानगरपालिकाका प्रतिनिधि, बृहत्तर मुक्तिधाम क्षेत्र विकास समिति, स्थानीय सरोकारवाला निकाय र लामो समयदेखि बेवारिसे शवहरूको दाहसंस्कार गर्दै आएका विनयजङ्ग बस्नेतसहित शुक्रबार उक्त छलफल गरिएको हो ।

छलफलमा बूढीगंगा–जमुना मुक्तिघाट व्यवस्थापन समिति, नागरिक समाज इटहरी, सुरक्षा निकाय र सरोकारवालाहरू सहभागी थिए ।

नागरिक समाज इटहरीका अध्यक्ष राजु केसीले विद्युतीय शवदाह गृह बनाउनु अहिलेको आवश्यकता रहेको बताए । ‘इटहरीमा अहिले चारवटा मात्रै शव अन्त्यष्टि गर्ने ठाउँ रहेकाले अझै अपुग छ,’ केसीले भने, ‘अहिलेको समयमा इटहरीलाई विद्युतीय शवदाह गृह आवश्यकता छ ।’

इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापाले विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीय सरकारले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए ।

बेवारिसे शव व्यवस्थापन तथा पुनःर्जीवन केन्द्रका विनयजङ्ग बस्नेतले भने वतावरणीय प्रदुषण नहुने र इटहरीमा विद्युतीय शवदाह गृह आवश्यक रहेको बताए ।

‘विद्युतीय शवदाह गृह भएको अवस्थामा बेवारिसे लास जलाउन पनि सहज हुन्छ,’ बस्नेतले भने, ‘कुनै शुल्क बिना नै गरीब, विपन्न मानिसहरूको शव जलाउनका लागि सहज हुने भएकाले इटहरीमा अहिलेको अवस्थामा यो आवश्यकता छ ।’

छलफलपछि अवलोकन गर्ने क्रममा सहभागीहरू ।

उनले आँफूले लामो समयदेखि काठमाडौँमा विद्युतीय शवदाह गृहमा बेवारिसे शवहरू जलाउँदै आएको स्मरण गर्दै भने, ‘म पटक–पटक मन्त्रालयमा जाँदा कुनै सुनुवाई भएन । कहिले बजेट हुँदैन भनेर फर्काइन्छ, कहिले के भनिन्छ, काम नै हुँदैन, मन दुखेको छ ।’

नेदरलयान्डको हेम्स फाउण्डेशनको आर्थिक सहयोगमा आँफूले इटहरीमा विद्युतीय शवदाह गृह निर्माण गर्ने उनले बताए ।

विदेशी सहयोगमा निर्माण हुने भएकाले आवश्यक स्थान उपमहानगरपालिका र अहिलेको घाट व्यवस्थापन समितिले उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

‘पशुपती आर्यघाटमा अहिले दाउरामा जलाएको १४ हजार रुपैयाँ तिर्नुपर्छ भने विद्युतीय शवदाह गृहबाट जलाउँदा ४ हजार मात्र तिर्दा हुन्छ,’ उनले भने, ‘दाउराको प्रयोग गरेर शव जलाउँदाभन्दा विद्युतीय माध्यमको प्रयोग गर्दा सस्तो र वातावरणलाई पनि राम्रो हुन्छ ।’

बृहत्तर मुक्तिधाम क्षेत्र विकास समितिका अध्यक्ष हेमप्रसाद घिमिरेका अनुसार शवदाह गृह निर्माणका लागि उपयुक्त ठाउँको विषयमा अवलोकन गरिएको छ । कार्यालय पछाडि रहेको जग्गा उपलब्ध गराउने गरी तयारी भएको उनले बताए ।

शवदाह गृह निर्माणका लागि १० दिनभित्र प्राविधिकहरूलाई अध्ययन गर्न लगाएर डीपीआर तयार गरिने घिमिरेले बताए ।

Tags: बुढीगंगा जमुना मुक्तिघाटशवदाह गृह
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता
समाचार

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

by माधव पोख्रेल
कार्तिक २, २०८३
0

उदयपुर :  जिल्ला प्रहरी कार्यालय उदयपुर र मातहतका प्रहरी कार्यालयमा २०८३ असोज महिनामा विभिन्न प्रकृतिका ४२ वटा मुद्दा दर्ता भएका...

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला
समाचार

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

by टाकुरा न्यूज । इटहरी
कार्तिक २, २०८३
0

सुनसरी : सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन् ।...

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३
दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

    196 shares
    Share 78 Tweet 49

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.