उदयपुर : उदयपुरमा छुट्टाछुट्टै दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ७ रातमाटेमा बागमती प्रदेश ०२–०३७ प ७३३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका ६ खत्री टोल बस्ने ६४ वर्षीय बिदुर गजमेरको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नगर अस्पताल बेल्टार उदयपुर हुँदै धरानस्थित वीपी प्रतिष्ठानमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।
यस्तै, उदयपुरकै बेलका नगरपालिका ८ बकुन्द्रे खोला नजिक सडकमा प्र १–०२–००१ ह ६३४५ नम्बरको अटो आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा अटो चालक सोही नगरपालिका ९ बस्ने १८ वर्षीय सुमित शाहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post