बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र ७ स्थित सुनसरी–मोरङ सिचाइ आयोजना नहरमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
सोमबार (आज) बत्तिस पुलबाट नहरमा बेपत्ता भएका ४० वर्षीय बीरबहादुर थापा (हिमाल)को मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नहरमा बेपत्ता भएका उनको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयहरूको सक्रियताको खोजी गर्दा शव फेला परेको हो ।
शवको पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post