इटहरी : इटहरीमा रहेको मोर्डन प्रिपेरोटोरी विद्यालयमा हजुरबा–हजुरामाका लागि बालबालिकाले प्रस्तुति देखाएका छन् ।
आइतबार एक कार्यक्रमबीच विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना हजुरबा–हजुरामाका अगाडि प्रस्तुति देखाएका हुन् ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जीव वाग्लेका अनुसार अन्य समयमा अभिभावक दिवसको समयमा विद्यार्थीका बा–आमा मात्रै आउने भएपनि यो कार्यक्रममा भने जेष्ठ नागरिक हजुरबा–हजुरामाको छत्रछायाँमा हुर्किएका नाति–नातिनाको प्रस्तुति देखाइएको हो ।
‘कुनै समय आजका हजुरबा–हजुरामाले हात समाएर ल्याउनुभएका छोराछोरीहरू आज आफ्ना छोराछोरीको हात समाएर विद्यालय आउनुहुन्छ,’ उनले भने, ‘आज उनै हजुरबा–हजुरामालाई सम्मान समेत गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।’
पछिल्लो समय पारिवारिक विखण्डन बढ्दै गएकाले पनि विद्यार्थीहरूबीच पारिवारिक सम्बन्ध सुमधुर बनाउन पनि उक्त कार्यक्रमले सहयोग पुग्ने उनको विश्वास छ ।
आफ्ना नाति–नातिनाको प्रस्तुति हेर्दा आमन्त्रितहरू प्रफुल्ल देखिन्थे । कार्यक्रममा प्रदेश १ की सांसद सपना परियार, सिटिएफ नेपालकी प्रशिक्षक निर्मला पौडेल लगायतले बोलेका थिए ।
उनीहरूले जेष्ठ नागरिकहरूलाई सम्मान गर्नुपर्छ भन्ने उदेश्यले राखिएको उक्त कार्यक्रम रचनात्मक र सकारात्मक भएको बताएका थिए ।
Discussion about this post