धनकुटा : जिल्ला यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख बाबुराम लुइँटेललाई कालोमोसो दलेका छन् ।
घूस लिएको आरोपमा उनलाई नेकपा (बहुमत) का कार्यकर्ताले बुधबार कार्यकक्षमै कालोमोसो दलेका हुन् ।
तर, घटनाबारे कार्यालय प्रमुख लुइँटेलले आफू कार्य कक्ष बाहिर रहेको बेला दुर्व्यवहार गरिएको बताए ।
पार्टीले विज्ञप्ति जारी गर्दै कार्यालयका कर्मचारी र विचौलिया प्रयोग गर्दै सवारी चालक अनुमति पत्र उपलब्ध गराउँदा १० देखि १८ हजार रुपैयाँ अतिरिक्त रकम लिएकोले चेतावनीका लागि सांकेतिक कारबाही गरिएको जनाएको छ ।
Discussion about this post