विराटनगर : विराटनगरमा जबरजस्ती करणी गरी भारत लैजान खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
रोजगारीको खोजीमा हिँडेका एक महिला र एक नाबालिगलाई होटलमा राखेर जबरजस्ती करणी गरी रोजगारी दिने बहानामा भारत लैजाँदै गर्दा दुई भारतीयलाई जिल्ला प्रहरी कार्यालय मोरङले जोगवनी नाकाबाट पक्राउ गरेको हो ।
झापाको कन्काई नगरपालिका ४ बस्ने २७ वर्षीया महिला र १४ वर्षीया नाबालिग कामको खोजी गर्दै माघ १२ गते विराटनगरको बसपार्कस्थित हिमालय होटलमा पुगेका थिए ।
त्यही होटलमा बसेका भारतीय नागरिक ४० वर्षीय बाबु साहेब र मोहम्मद जाहागीरले उनीहरूलाई रोजगारी दिने भन्दै विराटनगर १८ रानीस्थित हिमालय गेस्ट हाउसमा पुर्याएर जबरजस्ती करणी गरेको खुलेको छ । जबरजस्ती करणी गरी रोजगारी दिने बहानामा भारत लैजाँदै गर्दा जोगवनी नाकामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द दर्नालले जानकारी दिए ।
भारत लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको उनले बताए ।














Discussion about this post