विराटनगर : विराटनगर महानगरपालिकाले सडकमा पार्किङ निषेध गरेका कारण व्यापार व्यवसायमा ह्रास आएको भन्दै व्यापारीहरूले महानगरविरुद्ध आन्दोलन गरेका छन् ।
महानगरको यो निर्णयले सेवाग्राही पसलमा नआउँदा व्यवसाय धरासायी भएको भन्दै व्यापारीले महानगरको ध्यानाकर्षणका लागि आन्दोलन गर्न बाध्य भएको बताएका छन् । महानगरपालिकाले पार्किङ निषेध गर्दा व्यवसाय धराशयी भएको भन्दै आन्दोलन गर्न बाध्य भएको व्यापारीहरूले जनाएका छन् ।
लामो समयदेखि विराटनगरमा सार्वजानिक पार्किङ अभाव रहेको गुनासो उठ्दै आएको छ ।
महानगरले पहिलो चरणमा जलजलाचौकदेखि अस्पताल चौकसम्मको सडकलाई पार्किङ निषेधित घोषणा गरेर पुरानो जलजला हल उत्तरतर्फ जुत्ता–चप्पल मेला लाग्ने स्थान र ग्रिनक्रस अस्पताल पछाडिको खाली जग्गालाई पार्किङ स्थल घोषणा गरेको छ ।














Discussion about this post