झापा : झापाको छुट्टा–छुट्टै स्थानहरूबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले सामान बरामद गरेको छ ।
रेडिमेड कुर्था सुरुवाल र विभिन्न प्रकारका किरानाका सामानहरू प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापा अन्तरगत रहेका इलाकाहरूबाट सिमावर्ती क्षेत्रहरूमा परिचालित प्रहरी टोलीले अवैध सामानहरू बरामद गरेको हो ।
बरामद गरिएका अन्दाजी दुई लाख ३५ हजार बराबरको सामानहरू मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post