धरान : धरान उपमहानगरपालिका १७ बाट लागूऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को १४ प ९३४३ नम्बरको मोटरसाइकल चालक बराहक्षेत्र नगरपालिका १ का ३२ वर्षीय योगराज राई र पछाडि सवार ३४ वर्षीय दुर्गा राईको साथबाट ४ केजी १ सय ८० ग्राम लागूऔषध गाँजा फेला पारी मोटरसाइकलसहित दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post