Tuesday, August 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उवासंघ इटहरी निर्वाचन : अध्यक्षकी उम्मेदवार रञ्जु सिग्देल समूहका यस्ता छन् १८ प्रतिबद्वता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २६, २०७९
in समाचार
0
उवासंघ इटहरी निर्वाचन : अध्यक्षकी उम्मेदवार रञ्जु सिग्देल समूहका यस्ता छन् १८ प्रतिबद्वता
138
SHARES
Share on FacebookShare on Twitter

इटहरी : यही माघ २८ गते हुने उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको निर्वाचनमा रञ्जु सिग्देल चौंलागाईँको समूूहले आफ्ना १८ प्रतिबद्वता सार्वजनिक गरेको छ ।

महिला उद्यमशीलतादेखि औद्योगिक ग्राम स्थापना गर्ने सम्मका प्रतिबद्वता सार्वजनिक गरेको हो ।

यस्ता छन् १८ प्रतिबद्वता –

१. बैङ्क ब्याजदरः बैङ्कको ब्याजदर वृद्धिका कारणले उद्योगी व्यवसायीमा परेको समस्या समाधानका लागि सम्बन्धित निकायलाई यथेष्ट दबाब सिर्जना गरिने छ ।

२.अनुभव साटासाट तथा सम्मानः  सफल व्यवसायीहरूलाई समय–समयमा सम्मान गर्ने साथै व्यवसायीहरूसँग अनुभव आदान–प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिने छ ।

३. रोजगार बैङ्कको स्थापनाः  बेरोजगार युवाहरूलाई रोजगारी दिने उद्देश्यसहित रोजगार बैङ्कको स्थापना गर्ने ।

४. व्यावसायिक डाटा निर्माणः स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न देशभरिका व्यवसायीहरूको पहुँच पुग्ने गरी वेबसाइट निर्माण गरी व्यवसाय वृद्धि गर्न पहल गर्ने ।

५ .व्यावसायिक सुरक्षाः व्यस्त व्यापारिक क्षेत्रहरूमा निवर्तमान अध्यक्ष लिलम बस्नेतले नेतृत्व गरेको टिमद्वारा सुरु भएको सोलार लाइट तथा सिसी क्यामेरा जडान कार्यलाई अन्य व्यापारिक क्षेत्रहरूमा पनि बिस्तारका लागि सम्बन्धित निकायसँग समन्वय गरी निर्धक्क व्यवसाय गर्ने वातावरण बनाई व्यावसायिक सुरक्षामा ध्यान दिनेछौँ ।

६.औद्योगिक ग्राम स्थापनाः घरेलु तथा साना उद्योगीहरूका लागि घरेलु औद्योगिक ग्राम स्थापना गर्ने कार्यको सुरुआत गर्ने ।

७. पार्किङ व्यवस्थापनः इटहरी बजार क्षेत्रभित्र वैकल्पिक पार्किङको व्यवस्था नगरी पार्किङ निषेध गरिएकाले बजार क्षेत्रभित्रका खुद्रा व्यवसायीहरू विस्थापित हुने स्थिति रहेकाले सो समस्यालाई समाधान गर्न पहल गर्ने ।

८. व्यावसायिक हित रकम नियमन गर्नेः विगत वर्षहरूमा स्थानीय निकायले व्यवसायीहरूबाट उठेको व्यवसाय करको रकमबाट १५५ उद्योग वाणिज्य सङ्घमार्फत व्यवसायीको हितका लागि खर्च गर्ने निर्णय गरिएकोमा हाल सो रकम दिन बन्द गरिएको छ । स्थानीय सरकारसँग समन्वय गरी उद्योग वाणिज्य सङ्घमा सो रकम ल्याउन पहल गरिने छ ।

९. व्यापार प्रवर्द्धन तथा सञ्चारः स्थानीय रेडियो टेलिभिजन, पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमार्फत व्यवसायीहरूका लागि करलगायत व्यवसायसँग सम्बन्धित उपयोगी तालिम र कार्यक्रम सञ्चालन गर्ने । साथै इटहरीका सम्पूर्ण व्यवसायीहरूको डिजिटल रेकर्ड तयार गरिने । चुनाव लगत्तै आफ्नै वेबसाइट निर्माण गरी व्यवसायीका सम्पूर्ण गतिविधिहरूलाई त्यसमार्फत सार्वजनिक गर्ने ।

१०.युवा स्वरोजगारः युवा व्यवसायीहरूको व्यवसाय प्रवर्द्धन तथा समृद्धिका लागि युवा स्वरोजगार कार्यक्रम ल्याउने । युवा व्यवसायी समन्वय समिति गठन गर्ने ।

११.महिला उद्यमशीलताः उद्यमशील महिलाहरूका लागि उत्पादनमूलक तालिमको व्यवस्था गरी आर्थिक रूपमा सबल गराउने । गृहिणी महिलाहरूका लागि उद्यमशीलता तालिम सञ्चालन गरी स्वरोजगार बनाउने कार्य सुरु गर्ने ।

१२.प्रदर्शनी तथा मेलाः प्रत्येक वर्ष महोत्सव तथा एक्सपो, रोजगार मेलालाई निरन्तरता दिने साथै महिला विशेष कार्यक्रम साथ महिला उद्यमीहरूको उत्पादनको प्रदर्शनी, मेला आयोजना गर्ने ।

१३.फोहोर व्यवस्थापनः फोहोर व्यवस्थापनका लागि व्यवसायीहरूलाई डस्टविन उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्था गर्ने ।

१४. आर्थिक कारोबार व्यवस्थापनः अडिटरको टिम बनाई कारोबार खातालाई व्यवस्थित गर्न समूहगत रूपमा तालिम सञ्चालन गर्ने । साथै वाणिज्य सङ्घको भवनमा कानुनी परामर्श फाँट स्थापना गर्ने ।

१५.राहत तथा पुनर्स्थापनाः उद्योग वाणिज्य सङ्घ इटहरी फाउण्डेशन स्थापना गरी भइपरी आउने व्यावसायिक समस्याहरूमा राहत वितरण तथा पुनर्स्थापना गर्न सहयोग गर्ने ।

१६.घर बहाल सम्झौताः घर बहाल सम्झौता उद्योग वाणिज्य सङ्घको रोहवरमा गराउने साथै घर बहाल सम्बन्धी समस्याको समाधान गर्न निरन्तर लागिरहने ।

१७. गैर व्यवसायी सदस्यतामा निरुत्साहनः उद्योग वाणिज्य सङ्घको विधान पुनर्लेखन गराइ निर्वाचनका लागि मात्र व्यवसायी बन्ने गलत प्रक्रिया र परम्पराको अन्त्य गर्दै राजनैतिक छायाँमुक्त व्यावसायिक सङ्गठन बनाउने ।

१८.नीति निर्माणमा भूमिकाः  चौरस्ताको रूपमा रहेको महानगर उन्मुख इटहरी उपमहानगरपालिमा रहेको उद्योग वाणिज्य सङ्घले प्रादेशिक र केन्द्रीय बजेट तथा आर्थिक नीति निर्माणमा आफ्नो भूमिका खोज्दै प्रभावकारी रूपमा कार्य गर्ने ।

Tags: #उवासंघरञ्जु सिग्देल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
समाचार

यी हुन् मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदाँ अनुपस्थित हुने आठ सांसद

by टाकुरा न्यूज । इटहरी
भदौ ८, २०८३
0

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदा आठ जना सांसद मतदान प्रक्रियामा सहभागी भएनन्। विश्वासको...

भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन
विविध

भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन

by रासस
भदौ ८, २०८३
0

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो र मूलाखेती प्रवर्द्धनमा जोड दिएको छ। गाउँपालिकाले उन्नत जातको...

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पर्यटकको आवागमन बढ्यो, काँकडभिट्टामा बसाइँ लम्ब्याउने पूर्वाधार छैन

भदौ ८, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

भदौ ८, २०८३
कोशीमा ५७ सांसदको समर्थनसँगै जोगियो हिक्मत नेतृत्वको सरकार

कोशीमा ५७ सांसदको समर्थनसँगै जोगियो हिक्मत नेतृत्वको सरकार

भदौ ८, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

उदयपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भदौ ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

यी हुन् मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदाँ अनुपस्थित हुने आठ सांसद

भदौ ८, २०८३
भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन

भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन

भदौ ८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पर्यटकको आवागमन बढ्यो, काँकडभिट्टामा बसाइँ लम्ब्याउने पूर्वाधार छैन

भदौ ८, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

भदौ ८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.