मोरङ : मोरङमा माछा मार्ने क्रममा शुक्रबार रंगेली नगरपालिका २ स्थित खोरियाको एक पोखरीमा जाल हान्दा एक महिलाको शव फेला परेको छ ।
शुक्रबार (आज) दिउँसो स्थानीय दुर्गा कार्कीको माछा पोखरीमा जाल हान्ने क्रममा एक महिलाको शव फेला परेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।
उनका अनुसार माछा मार्ने क्रममा जाल हान्दा जालमा राता कपडासहितको मान्छे देखेपछि प्रहरीलाई खबर गर्न साथ पुगेर अनुसन्धान थालेको उनले बताए ।
पोखरीबाट महिलाको शव निकालेर पोस्टमार्टमका लागि प्रहरीले कोसी अस्पताल पठाइएको छ ।
एसपी पोखरेलले भने, ‘जाल हान्दा अड्किएको महिलाको शव निकालेर पोस्टमार्टमका लागि अस्पताल पठाएका छौँ । तराई मूलको जस्तो देखिने अन्दाजी ५० वर्षीया महिलाको पहिचान खुल्न सकेको छैन । मृतक महिलाको पहिचानका लागि प्रहरी परिचालन गरिएको छ ।’
घटनास्थल आफैँ पुगेर अनुसन्धान अघि बढाएको एसपी पोखरेलले जानकारी दिए । पोखरीमा मृत अवस्थामा महिलाको शव फेला परेको हल्ला भएपछि त्यहाँ पुगेका मानिसहरू कसैले पनि मृतकको पहिचान हुन नसकेको बताएका थिए ।
घटना शंकास्पद नदेखिएपनि पोखरीभित्र कसरी महिलाको शव भेटियो भन्ने विषयमा विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको एसपी पोखरेलले बताए ।














Discussion about this post