इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको मतदान सकिएको छ ।
शनिबार (आज) जनता बहुमुखी क्याम्पस प्राङ्गणमा भएको मतदान कार्यक्रम दिउँसो ४ बजे सकिएको हो ।
निर्वाचन समितिका सदस्य पोषराज नेपालका अनुसार अध्यक्ष पदमा कूल २ हजार ७९० मत खसेको छ ।
यस्तै, महिलातर्फ २ हजार ७९०, वाणिज्यतर्फ २ हजार २९०, उद्योगतर्फ ४५३, वस्तुगततर्फ २२ र एसोसिएटतर्फ ३६ मत खसेको नेपालले जानकारी दिए ।
उनका अनुसार कूल ४ हजार ८१० मतदातामध्ये सो संख्यामा मत खसेको हो । मतगणना आइतबार बिहान ८ बजेदेखि उद्योग वाणिज्य संघको सभाहलमा हुने तयारी भएको उनले बताए ।
अध्यक्ष पदका लागि जीवन पराजुली, रन्जु सिग्देल (चौलागाईं), गायत्री कटवाल (भण्डारी) र मणिन्द्रकुमार कटवाल प्रतिस्पर्धामा छन् । अध्यक्षकै उम्मेदवार पीताम्बर पोखरेलले भने पराजुली समूहलाई सघाउने उद्घोष गरेका थिए ।
Discussion about this post