झापा : झापाको काँकडभिट्टा र भद्रपुर स्थितबाट अवैध रूपमा भन्सार छली, चोरी निकासी गरी नेपाल भित्र्याउँदै गरेको करीब एक लाख ८० हजार मूल्य बराबरको विभिन्न प्रकारका सामानहरू प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ गैरी गाँउ स्थितबाट विभिन्न प्रकारका कपडा, झोला र पुजामा प्रयोग हुने सामानहरू करीब एक लाख १२ हजार बराबरको बरामद गरेको हो ।
यस्तै, वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर ५ स्थितमा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको ९ बोरा (३४२ किलो ग्राम) तयारी चियापत्ती बरामद गरेको हो ।
बरामद गरिएका सामानहरू सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post