इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको वाणिज्य तर्फ र महिलातर्फको मतगणना सम्पन्न भएको छ ।
सार्वजनिक मत परिणाम अनुसार वाणिज्यतर्फ सिनेट रिजाल १,२८१ मतसहित अग्रस्थानमा निर्वाचित भएका छन् ।
यस्तै, राकेश श्रेष्ठ १,०२२ मत, ध्रुव अधिकारी ९०४ मत, बलबहादुर न्यौपाने ८८४ मत, सञ्जय शाह ८८१ मत, अशोक अग्रवाल ८३४ मत, शन्नी चौधरी ८२६ मत, सुरेश कार्की ८२४ मत र ढुण्डीराज गुरागाई ८१२ मतसहित वाणिज्य सदस्यमा निर्वाचित भएका छन् ।
यस्तै, महिला सदस्यतर्फ सबिना कोइराला (शोभा) १,२४९ मत र मीना ढकाल ९१६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
उनीहरू दुवैजना जीवन पराजुली समूहका हुन् । अध्यक्षको मतपरिणाम भने आजै राति आइसक्ने निर्वाचन समितिले जनाएको छ ।












Discussion about this post