इनरुवा : उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्षमा वीरेन्द्र साह निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा ४४८ प्राप्त गर्दै साह पुनः निर्वाचित भएका हुन् ।
अध्यक्षकै उम्मेदवार केदार ओझाले ३५९ मत प्राप्त गर्दा पहलबहादुर कटवालले २४० मत प्राप्त गरे ।
नेपाली कांग्रेस सुनसरी जिल्ला सचिव समेत रहेका साह यसअघि पनि उवासंघ इनरुवाको अध्यक्ष थिए । उनी इनरुवा जेसीज वर्ष २००२ को अध्यक्ष समेत भइसकेका छन् ।












Discussion about this post