विराटनगर : विराटनगर महानगरपालिका १५ बैङ्क रोड स्थितबाट अवैध रूपमा राखेको खाद्यान्नका सामग्रीहरू प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ की सरिता मिश्रको डेरा कोठामा राजश्व छली गरी अवैध रूपमा लुकाई–छिपाई राखेको अवस्थामा मरिच ७ सय २० किलो ग्राम (२४ बोरा), मसला ३ सय ५० प्याकेट र नरिबल ३० किलो ग्राम बरामद गरेको हो ।
बरामद गरिएका करीब ७ लाख ७० हजार ६ सय बराबरको अवैध खाद्य सामग्रीहरू र सरिता मिश्र समेतलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post