झापा : झापाको मेचीनगर नगरपालिका ६ स्थितबाट भन्सार छलीका अवैध सामानहरू प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी काँकडभिट्टाबाट सिमावर्ति क्षेत्रहरूमा परिचालित प्रहरी गस्ती टोलीले भन्सार छली गरी चोरी निकासी गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको कपडा, जुत्ता चप्पल, चकलेट र बिँडी समेत गरी करीब १ लाख ४ हजार मूल्य बराबरको सामान र नेपालबाट भारततर्फ लादै गरेको करीब ३० हजार मूल्य बराबरको कस्मेटिक सामानहरू बरामद गरेको हो ।
बरामद भएका सामानहरू आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post