मोरङ : मोरङको लेटाङ नगरपालिका ३ मा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ ।
बुधबार (आज) दिउँसो ट्याक्टरले किचेर बालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भित्री सडकखण्ड हुँदै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ त ३०९९ नम्बरको ट्याक्टरले किच्दा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर सोही लेटाङ ३ का अन्दाजी १६ वर्षीय मिलन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्याक्टरका सह–चालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सडकमा गुडिरहेको ट्याक्टरबाट अचानक लडेका राईलाई बीचको चक्काले किचेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगरको कोसी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post