विराटनगर : विराटनगरमा प्रहरीले एक लाख रूपैयाँ बढीको अवैध मेडिकल सर्जिकल सामग्रीसहित एकजनालाई पक्राउ गरेको छ।
आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा को १ ह १३२५ नम्बरको सिटीमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको मेडिकल सामग्रीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिटी सफारी चालक विराटनगर १२ का ५६ वर्षीय शिवशंकर मण्डल रहेका छन् । अन्दाजी १ लाख ५० हजार बराबरको मेडिकल सर्जिकल सामग्री बरामद गरी सिटी र सिटीचालकलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेको सामग्रीसहित मण्डललाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post