सुनसरी : विराटनगर महानगरपालिका १३ जतुवा नहरबाट अवैध सामानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्जु गाँउपालिका ३ सुनसरीका ४१ वर्षीय प्रेम गुरुङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले को २ ह १६३६ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ५ लाख ३३ हजार ५ सय बराबरको विभिन्न प्रकारको रेडिमेड कपडा बरामद गरेको हो ।
बरामद भएका सामान, अटो र पक्राउ गरेको गुरुङलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post