झापा : झापाको कमल गाउँपालिका ३ र दमक नगरपालिका ६ ट्याक्सी स्टेण्डबाट अवैध कपडासहित दुई वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
कमल गाउँपालिका ३ केर्खास्थित पूर्व–पश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक देवानन्द मिश्रको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा पश्चिमतर्फ जाँदै गरेको मे १ ज २८०४ नम्बरको पिकअप गाडीमा अवैध रूपमा ल्याउँदै गरेको करीब १४ लाख ८० हजार ७ सय ७८ रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू बरामद गरेको हो ।
यस्तै, सोही प्रहरी टोलीले दमक ६ स्थित ट्याक्सी स्टेण्डमा प्रदेश १–०१–००१ च ७७२९ नम्बरको पिकअप गाडीलाई चेकजाच गर्ने क्रममा करीब ६ लाख ६१ हजार ७ सय ४१ रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू बरामद गरेको हो ।
अवैध कपडा बरामद भएसंगै नियन्त्रणमा लिइएका मे १ ज २८०४ नम्बरको पिकअप, चालक हल्दिबारी २ झापाका २४ वर्षीय जनक कर्मकार र प्रदेश १–०१–००१ च ७७२९ नम्बरको पिकअप, चालक भद्रपुर ५ का ३२ वर्षीय अनिल बिकलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post