विराटनगर : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चेक अनादर मुद्वाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
चेक अनादर मुद्वामा मोरङ जिल्ला अदालतको मिति २०७६।०५।०३ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना बेरुजु रही फरार हरेका गढी गाउँपालिका २ सुनसरीका २९ वर्षीय दिवाकर यादवलाई पक्राउ गरिएको हो ।
उनलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई मोरङ जिल्ला अदालतमा दाखिला गराएर कैद भुक्तानको लागि मोरङ कारागार पठाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post