विराटनगर : विराटनगर महानगरपालिकाले नगर प्रहरीलाई इलेक्ट्रिक साइकल वितरण गरेको छ ।
विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप जिम्मेवार बनाउन इलेक्ट्रिक साइकल वितरण गरेको जनाएको छ ।
महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महानगर प्रहरीका प्रमुख राजन पौडेलसहित नगर प्रहरीलाई इलेक्ट्रिक साइकलको चाबी हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा मेयर कोइरालाले महानगर प्रहरीलाई थप स्रोत साधनयुक्त बनाउने योजनाअनुसार इलेक्ट्रिक साइकल वितरण गरिएको बताए ।
उनले नगर प्रहरीलाई जिम्मेवार भएर छिटो छरितो रूपमा काम गर्न निर्देशन समेत दिए ।














Discussion about this post