मोरङ : मोरङको बेलबारीमा प्रदेश १ प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।
बेलबारी नगरपालिका ३ मा रहेको पुरानो इलाका प्रहरी कार्यालयको भवनमा संचालित प्रदेश प्रहरी अस्पतालको नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उद्घाटन गरेका हुन् ।
भौगोलिक लगायत विभिन्न कारणले प्रहरी र तिनका आफन्तले प्रहरी अस्पतालबाट सेवा लिन असमर्थ भइरहेका कारण उनीहरूको सहजताका लागि प्रादेशिक अस्पताल सुरु भएको उनले बताए ।
१ नम्बर प्रदेशमा रहेका पूर्व प्रहरी कर्मचारी, अशक्त प्रहरी कर्मचारी तथा बहालवाला प्रहरी कर्मचारीका साथै आश्रित परिवार समेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने उदेश्यले प्रदेश प्रहरी अस्पताल संचालनमा ल्याइएको उनले बताए ।
कार्यक्रममा प्रदेश प्रहरी अस्पतालका प्रहरी नायब उपरीक्षक डा. सरोज सिंहले प्रदेश प्रहरी अस्पतालको सेवा सम्वन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रदेश प्रहरी अस्पतालमा तत्काल ३ जना विशेषज्ञ चिकित्सकसहित १० जनाको प्राबिधिक टोलीले ओपिडी तथा ईमरजेन्सी लगायतका सेवा प्रदान गर्नेछ ।














Discussion about this post