धरान : बुढासुब्बा गोल्डकपको २३ औँ संस्करण आज (शनिबार) बाट सुरु हुँदैछ ।
धरान फुटबल क्लबको आयोजनामा धरान रंगशालमा आजबाट गोल्डकप सुरु हुने अध्यक्ष किशोर राईले जानकारी दिए ।
उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब र युके एफसी भारतबीच हुने उनले बताए । गोल्डकपमा आयोजकसहित ८ टिम सहभागी छन् ।
धरान फुटबल क्लब, युकेएफसी भारत, केबिपिएस बंगलादेश, एभेनियर एफसी क्यामरुन, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा र एन्फा मोरङको खेलमा सहभागी हुने बताइएको छ ।
प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । साथै, उत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइनेछ ।
प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने बताइएको छ ।
६५ वर्ष नाघेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका बालबालिका फुटबल हेर्न आएकालाई निःशुल्क प्रवेश दिइनेछ । यस्तै, उद्घाटन खेलमा टिकट दर एक सय रुपैयाँ राखिएको छ ।












Discussion about this post