इटहरी : पछिल्लो समय धार्मिक एवम् सांस्कृतिक कार्यक्रममा चर्को ध्वनि प्रदूषण बढ्दै गएका कारण यस विषयमा सुनसरी प्रशासनले चासो देखाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुमकला पाण्डेद्दारा जारी सूचना अनुसार जिल्लाबासीमा चर्को ध्वनि प्रदूषण रोक्नका निम्ति पत्र प्रकाशित थरिएको छ ।
जिल्लाभित्र धार्मिक एवम् सांस्कृतिक रूपमा मनाइने एवं सञ्चालन गरिने विवाह, मेला, महोत्सव, जात्रा, पुराणलगायतका कार्यक्रमहरूबाट ध्वनि प्रदूषण हुँदा दैनिक जीवनयापन, अध्ययन, अध्यापन, अस्पतालको सेवा प्रवाह लगायतमा असर परेको भन्ने जनगुनासो आएपछि ध्वनि प्रदूषण रोक्न आग्रह गरिएको पाण्डेले बताइन् ।

बढ्दो ध्वनि प्रदूषणका कारण जिल्लामा रहेका मानिसहरूको दैनिक जीवनयापनमा असर पुग्ने भएकाले ध्वनि प्रदूषण रोक्नका लागि प्रशासनले अनुरोध गरेको हो ।














Discussion about this post