धरान : धरान फुटबल क्लबले आयोजना गरेको २३ औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको शनिबारबाट सुरु भएको छ ।
शनिबार भएको उद्घाटन खेलमा पाहुना टोली युकेएफसी भारतसँग पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित हुँदै धरान फुटबल क्लब क्वाटर फाइनल खेलबाटै बाहिरिएको हो ।
निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो ।
पेनाल्टी सुट आउटमा धरानका रिवश मास्केको प्रहार युकेएफसीका गोलकिपर मनोज प्रधानले रोक्नु नै धरानका लागि दुर्भाग्य बन्न पुग्यो ।
धरानका रोमन लिम्बू, दोर्जे शेर्पा र मदन लाबुनले गोल गरे ।
युकेएफसीका आकाश प्रधान, सुब्रतो सोरेन, राज राउत, सिद्धान्त क्षेत्री र साशील राईले गोल गरे । त्यसअघि निर्धारित समयमा दुवै समूहबाट गोल नभएपछि आयोजक पेनाल्टीमा स्तब्ध बनेको हो ।












Discussion about this post