मोरङ : मोरङको सुनबर्षी नगरपालिका २ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना र केराबारी गाउँपालिका ६ बाट लागूऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी अमरदहबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा प्रदेश ०१–०२–०४८ प ३९४३ नम्बरको मोटरसाइकल चालक सुनवर्षी ५ का २८ वर्षीय उपेन्द्र साहको साथबाट १ ग्राम ३० मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान र नगद ४२ हजार ६ सय रुपैयाँ पक्राउ गरेको हो ।
यसैगरी केराबारी ६ का ५० वर्षीय गुर्माछान मगरले आफ्नै घरमा गाँजा बिक्री गरिरहेको अवस्थामा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई ३०० ग्राम गाँजासहित नगद ६७ हजार ७ सय रुपैयाँसहित पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्वम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post