धरान : धरानमा जारी २३ औँ बुढासुब्बा गोल्डकपको आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बागमती युवा क्लब सर्लाहीलाई १–० गोलको झिनो अन्तरले पराजित गर्दै एभिनियर फुटबल क्लब क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको १४ औँ मिनेटमै क्यामरुनका सबा अलिले गोल गरे । उक्त गोल नै क्यामरुनका लागि निर्णायक बन्न पुग्यो ।
खेल अवधिभर दुवै टिमबाट गोल प्रहार हुने प्रयास भएपनि गोल हुन नसक्दा बागमती स्तब्ध बनेको छ । यससँगै क्यामरुनले अन्तिम चारका लागि स्थान सुरक्षित गरेको छ ।
आइतबारको खेलमा बागमतीका आयुष राणा म्यान अफ द म्याच घोषित हुँदै नगद दस हजार रुपैयाँ पाए । सोमबारको तेस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र काँकडभिट्टा फुटबल टे«निङ सेन्टर झापाबीच हुनेछ ।
धरान फुटबल क्लबका अध्यक्ष किशोर राईका अनुसार फागुन २० गतेसम्म चल्ने गोल्डकपको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख पाउनेछन् ।












Discussion about this post