मोरङ मोरङको बिराटनगर महानगरपालिका १२ र १५ बाट अबैध कपडाहरु प्रहरीले बरामद गरेको छ ।
हिजो राती वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीको गस्ति टोलीले बिराटनगर १२ पान्चालीमा चेक जाँचको क्रममा २७६ पिस कुर्था र ११ पिस लेगिज बरामद गरेको हो ।
यसैगरी बिराटनगर १५ कि पुजा कुमारी साहको घरमा अबैध कपडा लुकाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा ४४८ पिस लेडिज टप्स बरामद गरेको हो ।
बरामद गरिएका करिव ३ लाख २५ हजार मुल्य बरावरका कपडाहरु आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।












Discussion about this post