धरान : धरानमा जारी २३ औँ बुढासुब्बा गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग नेपाल पुलिस क्लब स्तब्ध बनेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा काँकडभिट्टाले विभागीय टिम नेपाल पुलिस माथि २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि सुरक्षित स्थान तय गरेको हो ।
काँकडभिट्टाका निशान लिम्बूले खेलको २० र ८१ औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच उनै लिम्बू घोषित हुँदै नगद १० हजार हात पारे।
धरान फुटबल क्लबका अध्यक्ष किशोर राईका अनुसार फागुन २० गतेसम्म चल्ने गोल्डकपको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख पाउनेछन् ।
Discussion about this post