Wednesday, August 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

धरान एक्स्पोमा ‘पर्यटन गोष्ठी’ सम्पन्न, नयाँ पुस्तालाई पर्यटन उद्योगमा आउन आग्रह

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १७, २०७९
in अन्तर्वार्ता, समाचार
0
धरान एक्स्पोमा ‘पर्यटन गोष्ठी’ सम्पन्न, नयाँ पुस्तालाई पर्यटन उद्योगमा आउन आग्रह
90
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान एक्स्पो २०७९ मा आज (बुधबार) पर्यटन गोष्ठी सम्पन्न भएको छ ।

सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा भएको गोष्ठीमा पर्यटन व्यवसायी, पर्यटनविद्, राजनीतिक दल र सरोकारवालाको उपस्थिति रहेको थियो ।

गोष्ठीमा पर्यटन, पर्यटकीय क्षेत्रमा विद्यमान समस्या, त्यसका समाधान, पर्यटन प्रवद्र्वन, नयाँ पर्यटकीय स्टलको पहिचान, प्रचार, नवीनतम् पर्यटन उद्यम लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।

गोष्ठीका वक्ता पर्यटन व्यवसायी एलिना मगरले नयाँ पुस्तालाई नवीनतम् योजनासहित पर्यटन व्यवसायमा आउन आग्रह गरिन् ।

‘अहिले पर्यटन विषय पढ्ने नेपाली विद्यार्थीको संख्या लोभलाग्दो छ तर वहाँहरूको पहिलो रोजाइ विदेश छ यसलाई परिवर्तन गर्न आवश्यक छ’ मगरले भनिन् ‘पढेको सैद्धान्तिक ज्ञान स्वदेशमै बसेर पर्यटन क्षेत्रमा लागू गर्न सकिए यहाँ अवसर नै अवसर छ ।’

नेपालमा दक्ष जनशक्तिको अभाव भएका कारण नेपाली युवाहरुले होटल, ट्राभल एजेन्सीमा आबद्ध रहेर वा त्यससँग सम्बन्धित उद्यम सुरु गर्न सकिने पर्यटन व्यवसायी मगरको तर्क रहेको थियो ।

नेपाल होटल व्यवसायी महासंघ प्रदेश १ का संयोजक वासुदेव बरालले लक्षित समूह बनाएर प्याकेजसहितको पर्यटन व्यवसाय गर्नुपर्नेमा जोड दिए ।

वक्ताका रुपमा गोष्ठीमा उपस्थित भएका उनले ‘वान वे टुरिज्म’को साटो ‘लङ्ग टर्म टुरिज्म’मा सबैले ध्यान दिन आवश्यक रहेको तर्क गरे ।

लङ्ग टर्म टुरिज्मको विषयमा बोल्दै बरालले भने, ‘हामीले धरान, सुनसरी, प्रदेश १ आउने पर्यटकलाई लामो समयसम्म कसरी यहीँ क्षेत्रमा घुमिरहने बनाउन सक्छौँ त्यसतर्फ ध्यान दिन आवश्यक छ । त्यस किसिमका पर्यटकीय स्थल र त्यही अनुसारको प्याकेज बनाउनुपर्छ ।’

प्रदेश १ मा रहेका हिमाल, मन्दिर, हिल स्टेशनलाई जोडेर विशेष समूहलाई लक्षित गरी सोही अनुसारका योजना बनाएर काम गर्न सके प्रदेशको पर्यटन र यसको व्यवसायीकतामा वृद्वि गर्न सकिने उनले बताए ।

गोष्ठीका संयोजक लोकेन्द्र श्रेष्ठले कार्यक्रममा उपस्थित हुने सबैलाई धरान एक्स्पो २०७९ र सुनसरी उद्योग वाणिज्य संघको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

गोष्ठी र एक्स्पोले धरानको पर्यटनलाई पुनर्जीवित गर्ने विश्वास लिएको बताउँदै उनले यसमा सबैले सहयोग गरेर सम्भव बनाउन आग्रह गरे ।
‘धरान, सुनसरी, प्रदेश १ मा उत्पादन पनि छ पर्यटकीय क्षेत्र पनि छन् हामी अलि व्यवस्थापनमा चुकेका छौँ’ गोष्ठी संयोजक श्रेष्ठले भने, ‘आगामी दिनमा कार्यदिशा बनाएर, आवधिक योजना बनाएर मजबुत व्यवस्थापनसहित अघि बढ्नेछौँ भन्ने विश्वास राखेका छौँ ।’

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको एक्स्पोमा यसअघि ‘स्वरोजगार तालिम’ सम्पन्न भइसकेको छ । एक्स्पोका संयोजक गोपाल श्रेष्ठका अनुसार फागनु २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा अन्य विषयमा समेत गोष्ठी, कार्यशाला र तालिम सञ्चालन हुनेछ ।

एक्स्पो अवधिभित्रै धरानको खानेपानी समस्या समाधानको विषयमा समेत अन्तक्रिया कार्यक्रम हुने उनले बताए ।

फागुन ११ गतेबाट धरान रङ्गशालामा जारी एक्स्पोमा रैथाने, नेपाल, भारत, पाकिस्तान र बंग्लादेशका गरी एक सय २३ स्टल प्रदर्शनीमा राखिएका छन् ।

एक्स्पोमार्फत सुनसरीको व्यवसायिक, औद्योगिक, कुषि, शैक्षिक, सूचना तथा प्रविधि क्षेत्रको प्रवद्र्वन गर्ने मुख्य उद्देश्य राखिएको छ ।

Tags: #धरान#पर्यटनएक्स्पो
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विविध

झापा : भन्सार छली गरी भण्डारण, २५ लाख मूल्य बराबरका सामान बरामद

by रासस
साउन २०, २०८३
0

झापा : झापाको मेचीनगर नगरपालिका-७ को एक घरबाट प्रहरीले करिब रु २५ लाख मूल्य बराबरको भन्सार छलीका अवैध सामान बरामद...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या
विविध

सोलुखुम्बुमा न्वारन पूजाको विवादमा नातिले गरे हजुरबुबाको हत्या

by टाकुरा न्यूज । इटहरी
साउन २०, २०८३
0

सोलुखुम्बु : सोलुखुम्बुमा न्वारन पूजामा गएका हजुरबुबामाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा...

पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

साउन २०, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सार्वजनिक स्थानका जातीय तथा धार्मिक झण्डा हटाउन सुनसरी प्रशासनको अपिल

साउन २०, २०८३
सुनसरी–सिरहा घटना मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने मन्त्रिपरिषद्को निर्णय

सुनसरी–सिरहा घटना मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने मन्त्रिपरिषद्को निर्णय

साउन २०, २०८३
नशालु पदार्थ खुवाएर रिसोर्टमा लगी बलात्कार, महिलासमेत संलग्न

नशालु पदार्थ खुवाएर रिसोर्टमा लगी बलात्कार, महिलासमेत संलग्न

साउन २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापा : भन्सार छली गरी भण्डारण, २५ लाख मूल्य बराबरका सामान बरामद

साउन २०, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

सोलुखुम्बुमा न्वारन पूजाको विवादमा नातिले गरे हजुरबुबाको हत्या

साउन २०, २०८३
पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

पूर्वमा खेती खुम्चिँदा उद्योगलाई विदेशी जुटको भर

साउन २०, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सार्वजनिक स्थानका जातीय तथा धार्मिक झण्डा हटाउन सुनसरी प्रशासनको अपिल

साउन २०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.