इनरुवा : गत फागुन ७ गतेदेखि सुनसरी सदरमुकाम इनरुवामा सुरुभएको ‘प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव’ सम्पन्न भएको छ ।
बुधबार साँझ गायिका एलिना चौहानको प्रस्तुतिसँगै इनरुवा उत्सवको समापन गरिएको हो ।
चौहानले धोकेबाज हौ तिमी, मिनिरल वाटर, गोदावरी बनैमा लगायत आफ्ना गीतहरू गाइन् ।
नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजना तथा इनरुवा नगरपालिका सुनसरीको संयोजनमा सञ्चालन भएको यो महोत्सव फरक शैलीमा आयोजना गरिएको थियो ।
इनरुवामा पहिलोपटक आयोजना भएको यो महोत्सवले स्थानीय मौलिक भाषा, कला, संस्कृति, पहिचान र प्रतिभालाई प्रबर्द्धन गर्न सफल भएको आयोजक संस्थाका अध्यक्ष तथा महोत्सवका परिकल्पनाकार अरुणकुमार प्रधानले बताए ।
Discussion about this post