विराटनगर : विराटनगर १५ स्थितबाट स्रोत नखुलेको अवैध भारतीय रुपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत हरियानाका ३० वर्षीय सन्नी गुप्ता र ३४ वर्षीय सुरेन्द्रकुमार रहेका छन् ।
इलाका प्रहरी कार्यालय रानी (सीमा) बाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा रहेका दुवैजनालाई चेकजाँचको क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको भारतीय रुपैयाँ ७ लाख २० हजार बरामद गरेको हो ।
स्रोत नखुलेको अवैध रकम बरामद भएसँगै पक्राउ परेका उनीहरूको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post