झापा : झापाको मेचीनगर नगरपालिका ६ स्थितबाट अवैध सुपारी बोकेको सवारी साधनसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-००२ च ५४३२ नम्वरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा आवश्यक कागजपत्र नभएको दुई हजार किलोग्राम सुपारी फेला परेकोले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको अवैध सुपारी र सवारी साधन तथा चालक दमक नगरपालिका १ का मुकेश चौधरी समेतलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post