Wednesday, June 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

आरोहण गुरुकुलमा प्रस्तुत गरियो नाटक ‘साँढे’ (१४ तस्वीरहरूसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २०, २०७९
in कला साहित्य, टाकुरा विशेष, फाेटाे फिचर, समाचार
0
आरोहण गुरुकुलमा प्रस्तुत गरियो नाटक ‘साँढे’ (१४ तस्वीरहरूसहित)
207
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर ८ स्थित हाटखोलामा रहेको आरोहण गुरुकुल (सुशीला कोइराला नाटक घर) मा नाटक ‘साँढे’ प्रस्तुत गरिएको छ ।

गत सोमबारदेखि सुरु भएको नाटकको शुक्रबार साँझ समापन गरियो ।

भीमनिधि तिवारीले लेखेको कथा ‘साँढे’ कक्षा १२ को अंग्रेजी विषयमा अध्यापन हुँदै आएको छ । नेपाली कथालाई बलबहादुर केसीले अंग्रेजीमा रुपान्तरण गरेसँगै ‘द बुल’ अध्यापन हुँदै आएको छ ।

सोही कथालाई नाटकमा रुपान्तरण गरी प्रस्तुत गरिएको हो । नाटकमा राजाको प्रिय मानिएको साँढे मरेपछि प्रजाहरूमा डर, त्रास र बाँच्नका निम्ति गरिएको जुक्तिले दर्शकलाई मोहित बनाउँछ ।

नाटकका परिकल्पनाकार तथा निर्देशक अशोक गौतमले समाजमा अहिले पनि साँढे प्रवृत्ति विद्यमान रहेकाले उक्त नाटक प्रस्तुत गरिएको बताए ।

‘शासकले आफूलाई मात्र मान्छे ठान्छ, नाटकमा,’ उनले भने, ‘सहरमा घाँस र छरिएका नुन खाने मान्छेहरुको संख्या बढेको बढ्यै छ । काल्पनिक कथा भएपनि त्यस कालखण्डका केही घटना बिर्सन सकेनौँ ।’

दुई सय वर्षअघिको समाजको मनोविज्ञान बोल्दै गर्दा नाटकले विद्रोहको झल्को समेत दिने उनले बताए ।

आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले अझैपनि समाजमा नाटक हेर्ने संस्कार नबसिसकेकाले आँफूहरूले निरन्तर प्रयत्न गरिरहेको बताए ।

‘कहिलेकाहीँ दर्शकको खडेरीमा हुन्छौँ, नाटक हेर्ने संस्कार बसोस् भनेर पनि अभ्यास गरिरहेका छौँ,’ उनले भने, ‘आँफू रोएर अरुलाई हसाउँने विधा हो, नाटक ।’

अझैपनि नाटक ताली र गालीको लागि मात्रै भइरहेकाले यसको संस्कार फेरिनुपर्ने उनको तर्क छ ।

नाटकको कलाकारहरूमा भरत कार्की, विकास पराजुली, रविन चिमरिया, सागर विश्वास, देवेन्द्र यादव, प्रदीप दाहाल, अजय सुवेदी, समीक्षा दाहाल, दीक्षा चौधरी, प्रजल दुलाल, कञ्चन दास, अमन धमला, सुगल अधिकारी, नीरज कार्की रहेका छन् ।

उनीहरूको जीवन्त अभिनयनले नाटक अब्बल बनेको छ ।

यस्तै, ध्वनी परिकल्पना तथा संयोजनमा दीपेश भण्डारी, प्रकाश परिकल्पना भरत कार्की, ध्वनी तथा प्रकाश परिचालन सागर विश्वास, देवेन्द्र यादव, मञ्च परिकल्पना विकास पराजुली, सविन भट्टराई, भेषभूषा समीक्षा दाहाल, नृत्य, एलेक्स मगर, गीत याक्दुहाङ धीरज, आवरण चित्र मुकुन्द प्रयास, बजार व्यवस्थापन अभिषेक गौतम, बक्स अफिस किरण खड्का, अनुषा कटवाल, व्यवस्थापन भैरव क्षेत्री र भवानीप्रसाद अधिकारीले गरेका छन् ।

तस्वीरहरू : उजल दुलाल ।

Tags: आरोहण गुरुकुलटाकुरा विशेषनाटक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार ३, २०८३
0

इटहरी : अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत सुनसरी प्रहरीले विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला...

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
FEATURE BREAKING

पाथीभरा : प्रहरीको रोहबर र सीसीटीभी निगरानीमा दैनिक हुन्छ भेटी गणना

by टाकुरा न्यूज । इटहरी
असार ३, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनले चढाएको करोडौँ रुपैयाँ भेटी प्रहरीको रोहबर तथा सीसीटीभी निगरानीमा दैनिक गणना गरी...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मापसे गरेर साइकल चलाउँदा ज्यान गुम्यो, टिपर चालक नियन्त्रणमा

असार ३, २०८३

बाढीले बगाएको कुलो नबन्दा माझीटारको उर्वर फाँट चार वर्षदेखि बाँझै

असार ३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

असार २, २०८३
कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

असार २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

असार ३, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

पाथीभरा : प्रहरीको रोहबर र सीसीटीभी निगरानीमा दैनिक हुन्छ भेटी गणना

असार ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मापसे गरेर साइकल चलाउँदा ज्यान गुम्यो, टिपर चालक नियन्त्रणमा

असार ३, २०८३

बाढीले बगाएको कुलो नबन्दा माझीटारको उर्वर फाँट चार वर्षदेखि बाँझै

असार ३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.