धरान : धरानमा जारी २३ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा एभिनियर फुटबल क्लब क्यामरुनले उपाधि जितेको छ ।
आज (शनिबार) सम्पन्न फाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १–० गोल अन्तरले पराजित गर्दै एभिनियरले उपाधि जितेको हो ।
एभिनियरको जितमा सब्बा अलीले खेलको ६५ औँ मिनेटमा गरेको १ गोल नै निर्णायक बन्यो । उपाधि विजेता एभिनियरले नगद १० लाख र उपविजेता काँकडभिट्टाले ५ लाख हात पारेका छन् ।
धरान फुटबल क्लबको आयोजनामा फागुन १३ गतेदेखि भएको गोल्डकपमा ३ विदेशी टोलीसहित ८ टिमको सहभागिता रहेको थियो ।












Discussion about this post