मोरङ : मोरङमा बिहेको भोज खाने क्रममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका १ का ५२ वर्षीय घिसिङ धिमाल रहेका छन् । उनको आइतबार दिउँसो मृत्यु भएको हो ।
उर्लाबारी १ का वडासदस्य गौरीशंकर दाहालका अनुसार धिमाल छिमेकीको घरमा बिहे भोज खान गएका थिए ।
मासु अड्किएपछि नजिकैको मेडिकलमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post